
This slideshow requires JavaScript.
यस Online Site मा निम्न बिषयहरुमा आधारित रहेर समाचार प्रस्तुत गर्ने प्रयास
गरिन्छ ।तपाईहरुसंग पनि कुनै समचार भए सम्पार्क गर्नुहोस ।
मुख्य बिषयहरु




.……………………………………………………………………………………………………………………………………
BBC नेपाली सेवाबाट प्रसारित पछिल्लो कार्यक्रम सुन्न नभुल्नुहोला ।
|
जसको लागि तल दिएको link ” पछिल्लो कार्यक्रम सुन्नुहोस्” मा Click गर्नुहोस ।
|
|
|

‘जनतासँग प्रधानमन्त्री’ ( हरेक महिनाको १५ गते Radio Nepal मा )
रेडियो नेपालको फोन नम्बर :४२११७२१ अथवा ४२११७३६
=> प्रधानमन्त्री बाबुराम भट्टराईले जनचासो र गुनासो बारे जनतासँग रेडियोमार्फत् प्रत्यक्ष सम्वाद गर्ने छन्।
सरकार नियन्त्रित राष्ट्रिय प्रसारण पहुँच भएको रेडियो नेपालमार्फत असोज १५ गते आइतबारदेखि सम्वाद
गर्न शुरु गरेका हुन ।
प्रधानमन्त्रीको कार्यक्रम राति ८ बजेको अंग्रेजी समाचारपछि ९ बजेसम्म चल्ने छ। ८ बजेको अंग्रेजी
समाचारपछि सुरु हुने प्रधानमन्त्रीको कार्यक्रम ९ बजेसम्म चल्नेछ। ‘कार्यक्रम लाइभ हुनेछ’,
रेडियो नेपालको फोन नम्बर ४२११७२१ अथवा ४२११७३६ मा फोन गरी प्रधानमन्त्रीसँग तपाईले
कुराकानी गर्न तथा आफनो गुनासो रख्न सक्नेछन्।
………………………………………………………………………………………………………………………….
‘हेलो सरकार’
गुनासा, माग तथा सुझावका लागि निःशुल्क टेलिफोन नम्बर ११११ र १११० नम्बरको फ्याक्सको व्यवस्था
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय तथा निकायका विषयमा आउने
जनगुनासो, माग र सुझावहरुको उचित सुनुवाई गर्न सरकारले हेलो सरकार सेन्टरको व्यवस्था गरेको हो ।
२४ सै घण्टा खुल्ला रहने हेलो सरकार डेस्कले हरेक मन्त्रालयबाट हुने नीतिगत निर्णय, कार्यसञ्चालन, शान्ति
र सुशासन व्यवस्थापन तथा सञ्चालनलाई समेत व्यवस्थित गर्नेछ । हेलो सरकार कक्ष सञ्चालन गर्नकालागि
सरकारले ‘हेलो सरकार’ कक्ष सञ्चालन निर्देशिका, यसअघि नै पारित गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको
कार्यालयमा रहने यो कक्षमा २४ सै घण्टा सातै दिन सहसचिवको सुपरिवेक्षण रहने छ । चार सिफ्टमा सञ्चालन हुने
कक्षमा हरेक सिफ्टमा उपसचिव एक, टेलिफोनमा दुईजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एक गरी
पाँच जनाको जनशक्ति रहने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।यस कक्षमा गुनासा, माग तथा
सुझावका लागि निःशुल्क टेलिफोन नम्बर ११११ र १११० नम्बरको फ्याक्सको व्यवस्था गरिएको छ । यसरी
आएका सुझावलाई सोही माध्यमबाटै यथासम्भव सुनुवाई हुनेछ । त्यस्तै गुनासा, माग तथा सुझावलाई इमेल तथा
एसएमएसबाट पनि राख्न सकिनेछ । हेलो सरकार कक्ष प्राप्त गुनासा तथा सुझावलाई तत्काल सम्बन्धित
मन्त्रालयमा पठाउने तथा सुनुवाई गर्ने व्यवस्था समेत गरिएको छ ।यस्तो अवस्थामा सम्बन्धित मन्त्रालयका
अधिकारीबाट सम्बोधन नभए वा लापरवाही भए तत्काल विभागिय कारवाहीका लागि सिफारिस गर्न सक्ने
समेत अधिकार प्रदान गरिएको छ ।
|
भूकम्प आउँदा के गर्ने ?
काठमाडौँ उपत्यका लगायत देशभर असोज १ गते आएको भूकम्पको धक्काका
कारण घाइते हुनेहरु धेरैजसो आत्तिएर अग्लो ठाउँबाट हाम्फाल्दा, भागदौडमा
परेको देखिएको छ। भूकम्प आउँदा जोगिने दश उपाय विज्ञहरुले दिएका छन्-
- -आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने।
- -झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने।
- -हतारमा आत्तिएर बाहिर नभाग्ने।
- -कम्तीमा एउटा ढोका खोल्ने।
- - घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने।
- - डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने।
- - सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने। निषेधित क्षेत्रमा नलाने। पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने।
- - सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने।
- - हल्लाको पछि नलाग्ने। सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने
|

………………………………………………………………………………………………..
प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् ।
प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया
अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि ।
प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न वाध्य हुनेछ।
- सुरेश हिमाल
…………………………………………………………………………………………………………………………………………………………
बिदेशी मुद्रा सटही Rate
|
|